राधी विद्युत् कम्पनी लिमिटेडले कोरम नपुगेका कारण स्थगित भएको आफ्नो वार्षिक साधारण सभा पुनः आगामी पुस ३० गतेका लागि आह्वान गरेको छ।
कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावली बमोजिम आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि यसअघि पुस २२ गतेका लागि तय गरिएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा स्थगित गरिएको थियो।
कम्पनीले नेपाल धितोपत्र बोर्डलाई पठाएको पत्रअनुसार, सभा सञ्चालनका लागि आवश्यक सदस्यहरूको उपस्थिति नहुँदा तोकिएको मितिमा सभा बस्न सकेन।
सभा स्थगित भएपछि पुस २२ गते मङ्गलबार दिउँसो ४:०० बजे बसेको सञ्चालक समितिको बैठकले स्थगित सभा पुनः बोलाउने निर्णय गरेको हो। उक्त निर्णयअनुसार अब कम्पनीको वार्षिक साधारण सभा पुस ३० गते बुधबार बिहान ८ बजे आयोजना हुनेछ।










![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया