लाभांश पारित गर्न कहिले बस्दैछ मेरो माइक्रोफाइनान्सको साधारण सभा ?
मेरो माइक्रोफाइनान्सको साधारण सभा माघ ४ गते बस्ने भएको छ । सभा सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा विहान साढे ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित हुनेछ। यस्तै, आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा छ । सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
कम्पनीमा रहेको संस्थापक सेयरधनीको स्वामित्व ५९.४० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४०.६० प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्याउने एजेन्डा पनि रहेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार, पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश पाउन तथा सभामा भाग लिन सक्नेछन् ।