नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि ३४.७८३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३४.७८३ प्रतिशत अर्थात् ६५ लाख ७६ हजार ९६७.७६ कित्ता सेयर निष्काशन गर्न लागेको हो।हकप्रद सेयरका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ। जस अनुसार जेठ २९ गतेसम्म कायम सेयरधनीहरूलाई मात्र आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन २६ गते तोकिएको छ।
इच्छुक सेयरधनीहरूले बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको लाजिम्पाटस्थित केन्द्रीय कार्यालय, साथै पोखरा (चिप्लेढुङ्गा), बुटवल (ट्राफिकचोक), वीरगंज (आदर्शनगर), र विराटनगर (गोल्छाचोक) स्थित शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहर र ‘मेरो सेयर’ मार्फत पनि आवेदन दिन सकिनेछ।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)
प्रतिकृया