झापाको सुकुम्वासीलाई पनि डोजर लगाएर हटाउने हो ? भन्ने प्रश्नमा यस्तो भन्छन् बालेन

झापाको सुकुम्वासीलाई पनि डोजर लगाएर हटाउने हो ? भन्ने प्रश्नमा यस्तो भन्छन् बालेन
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापाका सुकुम्वासीहरूसँग भेटघाट गरेका छन्। झापा–५ का उम्मेदवारसमेत रहेका बालेनले मंगलबार बिहान स्थानीय सुकुम्वासी बस्ती पुगेर उनीहरूसँग छलफल गरेका हुन्।

उक्त भेटमा स्थानीयहरूले काठमाडौंको सुकुम्वासी बस्तीमा डोजर चलाइएको विषय उठाउँदै चिन्ता व्यक्त गरे। उनीहरूले “बालेन आएपछि झापामै बसिरहेका सुकुम्वासीलाई पनि हटाइदिन्छन् कि भन्ने कुरा” सुनेको बताएका थिए।

जवाफमा बालेनले काठमाडौंमा खोला किनारको सार्वजनिक जग्गामा बसोबास गर्दा बाढीको जोखिम रहन्छ र सुकुम्वासीको ज्यान जोगाउन त्यहाँ डोजर प्रयोग गरिएको बताए। “असारमा बाढी आउँदा उहाँहरूलाई सुरक्षित ठाउँमा लैजानुपर्छ। त्यसैले उहाँहरूको सुरक्षा सुनिश्चित गर्न खोला छेउबाट हटाइएको हो, तर गलत न्यारेटिभ बनाएर डोजर चलाएको देखाइएको छ,” उनले भने।

बालेनले झापाका सुकुम्वासीहरूको वास्तविकता औँल्याउँदै भने, “यहाँको सुकुम्वासी ४०–५० वर्षदेखि यहीँ बसोबास गर्दै आएका हुन्।” उनले उनीहरूले लालपुर्जा पाउनुपर्ने अधिकार छ र पार्टी निकटकै कारण दोहोर्‍याई-तेहर्‍याई प्रणालीबाट मात्र लालपुर्जा पाउने व्यवस्था सुधार गर्न आवश्यक रहेको बताएका छन्।

अन्त्यमा बालेनले रास्वपाको घोषणापत्र तयार भइरहेको जानकारी पनि दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स