शुक्रबार कति पुग्यो सुनचाँदीको भाउ ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा किनबेच हुँदैछ।
बिहिबार सुनको मूल्य तोलाको १ लाख ६९ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर तोलाको १ हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ।