प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री शाह आज साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन्। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।
प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको जनरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम छ। महासभामा सहभागी भएर उनी असोज १० गते स्वदेश फर्कने तालिका रहेको छ।

प्रतिकृया