पहिलो विदेश भ्रमणमा न्यूयोर्क जाँदै प्रधानमन्त्री शाह, विमानस्थलमा तामझाम नगर्ने

पहिलो विदेश भ्रमणमा न्यूयोर्क जाँदै प्रधानमन्त्री शाह, विमानस्थलमा तामझाम नगर्ने
Advertisement Ads

प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन्। प्रधानमन्त्रीका रूपमा उनको यो पहिलो विदेश भ्रमण हो।

प्रधानमन्त्री शाहको प्रस्थानका क्रममा विमानस्थलमा विगतमा जस्तो औपचारिक बिदाइ तथा तामझाम नगर्ने तयारी गरिएको छ। प्रधानमन्त्री सचिवालयका स्रोतका अनुसार मुलुकको पछिल्लो परिस्थितिका कारण पनि विमानस्थलमा ठूलो जमघट नगर्ने निर्णय गरिएको हो। यसअघिका प्रधानमन्त्रीले विदेश भ्रमणमा जाँदा लिँदै आएको गार्ड अफ अनरको अभ्याससमेत यसपटक नहुने सम्भावना रहेको स्रोतले जनाएको छ।

शाहसँग मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, दुई सुरक्षाकर्मी र एक शिष्टाचार अधिकृत न्यूयोर्क जानेछन्। परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा टोली भने यसअघि नै अमेरिका पुगिसकेको छ।

प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघको महासभाको जनरल डिबेटलाई सम्बोधन गर्ने तथा महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी शनिबार काठमाडौं फर्कनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स