SHAREHUBSHAREHUB

एकता संवादका लागि नख्खु पुगेका सुदन गुरुङलाई रवि लामिछानेले के जवाफ दिए ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १९ गते
AdvertisementAds
एकता संवादका लागि नख्खु पुगेका सुदन गुरुङलाई रवि लामिछानेले के जवाफ दिए ?
AdvertisementAds

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले बिहीबार बिहान नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग ‘एकता संवाद’ गरेका छन्। उनले फेसबुकमार्फत बालेन शाह र कुलमान घिसिङबीच भएको एकता उल्लेख गर्दै सोही प्रतिवद्धताअनुसार रविलाई भेट्न लागिएको जानकारी दिएका थिए। पूर्वनिर्धारित बमोजिम कारागार पुगेका गुरुङले भेटपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै जेनजी आन्दोलनका मुद्दामा रास्वपा खुलेर साथ दिन तयार रहेको बताएका छन्।

गुरुङका अनुसार भेटमा लामिछानेले जेनजीहरूले उठाएका मुद्दामा आफ्नो पार्टी सुरुदेखि नै साथमा रहेको र अब खुलेर समर्थन गर्ने आश्वासन दिएका छन्। भ्रष्टाचारविरुद्ध उठाइएका मुद्दा तथा नेतृत्वको द्वैध भूमिकाबारे समेत छलफल भएको गुरुङले उल्लेख गरे। भेटका क्रममा रास्वपा सभापति लामिछानेले आफूलाई सहकारी ठगीका नाममा अनावश्यक मुद्दामामिलामा फसाइएको गुनासो व्यक्त गर्दै आवश्यक परे थप छानबिनका लागि अर्को आयोग गठन गर्नुपर्ने रायसमेत व्यक्त गरेको गुरुङले बताए। उनका अनुसार लामिछानेले “म माथि अझै छानबिन होस्, मलाई कुनै तनाव छैन, तर यति धेरै मुद्दा म दुई सय वर्ष लगाएर पनि सक्दिन” भन्ने धारणा राखेका थिए।

सहकारी पीडितको मुद्दा रास्वपाले पहिलेदेखि नै उठाउँदै आएको भन्दै गुरुङले यस विषयमा पार्टीको धारणा बुझ्न पनि कारागार गएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स