कालिञ्चोक दर्शनको आम्दानी र नाफामा ठुलो वृद्धि, नाफा वृद्धिको कारण के?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २६ गते
कालिञ्चोक दर्शनको आम्दानी र नाफामा ठुलो वृद्धि, नाफा वृद्धिको कारण के?

कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ४७.०८ प्रतिशतले बढेर २ करोड ७८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा १ करोड ८९ लाख रुपैयाँ थियो।

आम्दानीमा भएको वृद्धिसंगै नाफा पनि बढेको हो। चौथो त्रैमाससम्ममा कालिञ्चोक दर्शनको आम्दानी ३५.६५ प्रतिशतले बढेर ७ करोड ६३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको आम्दानी ५ करोड ६२ लाख रुपैयाँ मात्र थियो। यस अवधिमा कम्पनीले १२ लाख ९५ हजार रुपैयाँबराबरको अन्य आम्दानी पनि गरेको छ। कम्पनीको कर्मचारी खर्च १ करोड ३३ लाख रुपैयाँ, ह्रासकट्टी खर्च १ करोड ४४ लाख रुपैयाँ, अन्य खर्च १ करोड ११ लाख रुपैयाँ र वित्त खर्च ७३ लाख २२ हजारबाट बढेर ९२ लाख ४४ हजार रुपैयाँ पुगेको छ।

कम्पनीले गत वर्षको तुलनामा बाह्य तथा आन्तरिक पर्यटकको आगमनमा क्रमिक सुधार आएको जनाएको छ। पर्यटन प्रवर्द्धनका लागि होटल, रिसोर्ट तथा अन्य आयमूलक व्यवसाय सञ्चालन गर्ने योजनाबद्ध कार्य भइरहेको र प्रतिस्पर्धी पर्यटन बजारमा प्राकृतिक वातावरण तथा स्थानीय रमणीय स्थानको उपयोग गर्दै न्यूनतम खर्चमा अधिकतम नाफा आर्जन गर्ने लक्ष्य लिएको कम्पनीको भनाइ छ। यसका साथै, कम्पनीले कर्जाको साँवा र व्याज तोकिएको समयमा भुक्तानी गर्दै आएको जनाएको छ।

कालिञ्चोक दर्शनको रिजर्भ कोष ३ करोड १६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७३ पैसा, प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ४१ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४६ रुपैयाँ ९७ पैसा र चालु अनुपात ३.९४ प्रतिशत रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स