लाभांश पारित गर्न कालिञ्चोक दर्शन लिमिटेडको ११औँ वार्षिक साधारणसभा काठमाडौंको पुस १५ गते बस्ने पिंगलास्थानस्थित बद्रीनाथ होटलमा भएको छ। सभा बिहान साढे ११ बजे सुरु हुनेछ।
सभाले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश गरि कुल ५.०२६३ प्रतिशत लाभांश पारित गर्ने र बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १:१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
साथै, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अधिकार प्रदान गर्ने प्रस्ताव, वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाबाट पारित गरिनेछ।
कम्पनीले लाभांश र सभा प्रयोजनका लागि पुस १ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार मंसिर २९ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।



















प्रतिकृया