नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कालिञ्चोक दर्शन लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेड लिमिटेडको बोनस सेयर समायोजन भएको छ ।
कालिञ्चोक दर्शन लिमिटेडको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ८६०.९५ रुपैयाँ कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ९०४ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य २१३.६४ रुपैयाँ कायम भएको छ । कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य २३५ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।








You must be logged in to post a comment.