कालिञ्चोक दर्शन लिमिटेडको ४९ लाखभन्दा बढी कित्ता सेयरको लक–इन अवधि आगामी माघ महिनामा समाप्त हुने भएको छ। कम्पनीका अनुसार कुल ४९ लाख ४१ हजार ६ सय कित्ता सेयरको लक–इन अवधि माघ १७ गते समाप्त हुँदैछ।
लक–इन अवधिमा रहेका सेयरमध्ये संस्थापक समूहको ४८ लाख कित्ता, कर्मचारीका लागि सुरक्षित २१ हजार ६ सय कित्ता, तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित १ लाख २० हजार कित्ता सेयर रहेका छन्।
तर, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको सेयर भने प्रचलित नियमअनुसार हाल पनि रोक्कामै रहने कम्पनीले जनाएको छ।
हाल नेपाल धितोपत्र बोर्डमा कम्पनीका कुल ६० लाख कित्ता सेयर सूचीकृत रहेका छन्।



















प्रतिकृया