कालिन्चोक दर्शन लिमिटेडले आज पुस १५ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ। कम्पनीको साधारण सभा काठमाडौंको गौशालास्थित होटल बद्रीनाथमा बिहान ११:३० बजेदेखि सुरु हुनेछ।
साधारण सभामा लाभांश वितरणसहितका विभिन्न प्रस्ताव पेश गरिने छन्। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ।
साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि लाभांश लगानीकर्तालाई वितरण गरिनेछ।
यसैगरी, सभामा १:१ को अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पेश हुने कम्पनीले जनाएको छ।


















प्रतिकृया