एनएमबि बैंकको नाफा २० प्रतिशतले घट्दा अन्य वित्तीय अवस्था कस्तो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २१ गते
एनएमबि बैंकको नाफा २० प्रतिशतले घट्दा अन्य वित्तीय अवस्था कस्तो ?

एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा २०.०४ प्रतिशतले घटेर ९१ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज बढेका कारण नाफा घटेको हो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशतले बढेर २ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी पनि २३.४७ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।

यता, इम्पेयरमेन्ट चार्ज ३ करोड ७० लाख रुपैयाँ ऋणात्मकबाट बढेर ७१ करोड ३९ लाख रुपैयाँ पुग्दा, सञ्चालन मुनाफा १४.३१ प्रतिशतले घटेर १ अर्ब ४९ करोड रुपैयाँमा सिमित भएको छ। बैंकको खराब कर्जा अनुपात ०.९५ प्रतिशतबिन्दुले बढेर ४.५८ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १ अर्ब ९४ करोड रुपैयाँ र जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ। यस्तै, नाफाका आधारमा वार्षिक लाभांश क्षमता करिब ८.०९ प्रतिशत रहेको बैंकले जनाएको छ।

बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँले घटेर १९ रुपैयाँ ९५ पैसामा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ।

NIMB 1 https://bajarkochirfar.com/what-is-the-other-financial-situation-of-nmb-bank-as-its-profit-drops-by-20-percent | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स