२२ प्रतिशत लाभांश घोषणा गरेको साहस उर्जाको कस्तो छ वित्तीय अवस्था?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २७ गते
२२ प्रतिशत लाभांश घोषणा गरेको साहस उर्जाको कस्तो छ वित्तीय अवस्था?

साहस उर्जा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा २३.६५ प्रतिशतले बढेर ४९ करोड ४८ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफा वृद्धि मुख्यतः विद्युत बिक्री आम्दानीमा वृद्धि र वित्त खर्चमा कमी आएको कारण भएको हो। पहिलो त्रैमाससम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ६.६३ प्रतिशतले बढेर ९२ करोड ४६ लाख रुपैयाँमा पुगेको छ भने वित्त आम्दानी ६ लाख ९१ हजार रुपैयाँ रहेको छ। यता, कम्पनीको प्रशासनिक खर्च १ करोड ८३ लाख रुपैयाँबाट बढेर २ करोड ३१ लाख रुपैयाँमा पुगेको छ। वित्त खर्च भने २३ करोड ४० लाख रुपैयाँबाट घटेर १६ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा कम्पनीले १ करोड २ लाख रुपैयाँ स्टाफ बोनसको रुपमा खर्च गरेको छ, जुन अघिल्लो वर्षको ८२ लाख ३५ हजार रुपैयाँ थियॊ।साहस उर्जाको चुक्ता पूँजी ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने रिजर्भ तथा सञ्चित मुनाफा ३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब १० करोड रुपैयाँ र कुल चालु दायित्व १ अर्ब ६१ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५२.३७ रुपैयाँमा पुगेको छ। यस्तै, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४७५.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९६.८९ रुपैयाँ र तरलता अनुपात ०.६८ प्रतिशत रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स