ओली, देउवा र प्रचण्ड वार्तामा, के हुँदैछ छलफल ?



Advertisement
Ads

प्रमुख राजनीतिक दलका शीर्ष तीन नेताहरू दोस्रो तहका नेताहरूसहित सिंहदरबारमा वार्तामा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप यो छलफल आयोजित गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बसेको छलफलमा संसद्को अवरोधलगायतका विषयहरूमा कुराकानी भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।


Advertisement

छलफलमा गृहमन्त्री रमेश लेखकसहित विभिन्न दलका दोस्रो तहका नेताहरूको पनि उपस्थिति रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर