नेकपा एमालेका नेता महेश बस्नेतले विराटनगर विमानस्थलमा आफूमाथि रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयासलाई गम्भीर र निन्दनीय भएको बताएका छन्। उनले लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार रहे पनि आक्रमणजस्ता अराजक हर्कत कहिल्यै स्वीकार्य नहुने बताए। बस्नेतले घटनामा प्रहरीको तत्परताप्रति धन्यवाद पनि व्यक्त गरे।
उनका अनुसार शान्तिपूर्ण सभा–जुलुस र स्वतन्त्र आवत–जावत सबै नागरिकको अधिकार हो, तर हिंसा र आपराधिक गतिविधि लोकतान्त्रिक मूल्यका विरोधी हुन्। उनले देश विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै अघि बढ्ने उल्लेख गर्दै अराजकतालाई कुनै हालतमा स्वीकार्न नसकिने स्पष्ट पारे।
घटना आइतबार घटेको हो, जब पूर्व भ्रमणमा रहेका बस्नेत विमानस्थल क्षेत्रबाट बाहिर निस्कँदै थिए। उनी सवार गाडीमा एक युवक कुद्दै आएर रातो मसी फालेका थिए। आफूलाई जेनजी समूहका नेता बताउने अर्पित कुँवरसहितको समूहले मसी छ्यापेको भिडियो पनि सार्वजनिक भएको छ। बस्नेत त्यसबेला विमानस्थलबाट इटहरीतर्फ जाँदै थिए।
यसअघि पनि जेनजी समूहका युवाले नेता शंकर पोखरेलको आगमनविरुद्ध सिमरा विमानस्थलमा दुई दिनसम्म प्रदर्शन र तोडफोड गरेका थिए।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया