आज बिहान देखि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

आज बिहान देखि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक
AdvertisementAds

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको वेबसाइट (www.mfd.gov.np) आज (सोमबार) बिहान ह्याक भएको छ। गएरातिसम्म सामान्य रूपमा चलिरहेको वेबसाइट बिहानदेखि अवरुद्ध भएको हो।

महाशाखाले मौसमी गतिविधिसम्बन्धी जानकारी प्रदान गर्ने मुख्य स्रोतका रूपमा काम गर्दै आएको छ। तर, वेबसाइट ह्याक भएपछि सिधै मौसमसम्बन्धी जानकारी लिन नसकिने स्थिति सिर्जना भएको छ।

सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा ‘क्याप्टेन स्मोकर’ नाम बताउने व्यक्तिले वेबसाइट ह्याक गरेको सन्देश देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स