नेकपा माओवादी केन्द्रले आगजनी र लुटपाटमा आफ्ना नेता वा कार्यकर्ता संलग्न देखिए कडा कारबाही गर्ने स्पष्ट पारेको छ। पार्टी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै तथ्य र प्रमाण फेला परे सरकारलाई कारबाही गर्न सुझाव दिएको बताए।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टी कार्यालय, अध्यक्ष प्रचण्ड लगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी र तोडफोड भएको कुरा जनतासामु स्पष्ट छ। यदि यस गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही संलग्न देखिए, हामी कडाभन्दा कडा कारबाही गर्न तयार छौं। तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनी आग्रह गर्दछौं।”
सापकोटाले जेनजी पुस्ताका मागहरूसम्बन्धी पार्टीको नीति अध्यक्ष प्रचण्डले स्पष्ट पारिसकेको र आन्दोलनभित्र प्रतिगामी तथा लोकतन्त्र विरोधी तत्वहरूले विध्वंस मच्चाएको उल्लेख गर्दै, त्यस्ता कार्यको कडा विरोध र भर्त्सना गरेको बताए। उनले माओवादी कार्यकर्ताहरू आगजनी र लुटपाटमा संलग्न रहेको प्रचारप्रति पनि आपत्ति जनाएका छन्।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया