SHAREHUBSHAREHUB

धारा फेर्न मन्त्री चाहिने र हाकिम फेर्न सिंहदरबार धाउनुपर्ने चलन अन्त्य गर्छौँ: बालेन शाह

AdvertisementAds
धारा फेर्न मन्त्री चाहिने र हाकिम फेर्न सिंहदरबार धाउनुपर्ने चलन अन्त्य गर्छौँ: बालेन शाह
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामान्य प्रशासनिक कामका लागि समेत सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गर्ने बताएका छन्।

जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै शाहले स्थानीय तहमा धारा फेर्न प्रदेशका मन्त्री चाहिनु पर्ने र कार्यकारी अधिकृत फेर्न सिंहदरबार जानुपर्ने अवस्था संघीयताको मर्मविपरीत रहेको बताए। उनले यस्तो प्रणालीले स्थानीय सरकारलाई कमजोर बनाएको उल्लेख गरे।

संघीयता जनताको सेवाका लागि ल्याइएको भए पनि व्यवहारमा नेताहरूले आफ्नो अनुकूल चलाएको आरोप लगाउँदै शाहले अब अधिकारको विकेन्द्रीकरण व्यवहारमै लागू हुनुपर्नेमा जोड दिए।

संघीयतालाई अझै बलियो बनाउनुपर्ने उनको भनाइ छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स