SHAREHUBSHAREHUB

कर्मचारीलाई ढाँटेको छैनौँ, तलब २१% नै बढेको हो: अर्थमन्त्री वाग्ले

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १७ गते
AdvertisementAds
कर्मचारीलाई ढाँटेको छैनौँ, तलब २१% नै बढेको हो: अर्थमन्त्री वाग्ले
AdvertisementAds

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरिएको स्पष्ट पारेका छन्।

सरकारले कर्मचारीलाई ढाँटेको वा झुक्याएको भन्ने गुनासो बाहिर आएपछि उनले त्यसको खण्डन गर्दै तलब वृद्धिबारे कुनै भ्रम नराख्न आग्रह गरे।

पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लेले तलब वृद्धि २१ प्रतिशत नै भएको बताउँदै १० प्रतिशत आधार तलबमा वृद्धि, १० प्रतिशत कार्यसम्पादनसँग जोडिएको वृद्धि र ५ हजार रुपैयाँ महँगी भत्ता यथावत् रहेको जानकारी दिए।

उनका अनुसार तलब वृद्धिको गणितीय संरचना प्रष्ट छ र यस विषयमा उठाइएका आशङ्काहरू निराधार हुन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स