SHAREHUBSHAREHUB

सबै वैकल्पिक शक्तिसँग सम्मानजनक सहकार्य गर्न तयार छौँ : कुलमान घिसिङ

AdvertisementAds
सबै वैकल्पिक शक्तिसँग सम्मानजनक सहकार्य गर्न तयार छौँ : कुलमान घिसिङ
AdvertisementAds

उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङले सबै वैकल्पिक राजनीतिक शक्तिहरू सकेसम्म एक भएर अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा आयोजित उज्यालो नेपाल पार्टीको कार्यक्रममा बोल्दै उनले आफ्नो सम्मान र आत्मसम्मान कायम राख्दै सबैसँग सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पारे।

उनका अनुसार वर्तमान परिस्थितिमा नेपाली जनताको चाहना वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनु हो। “सबै वैकल्पिक शक्तिहरू सकेसम्म एक भएर जानुपर्छ। यदि पूर्ण एकता सम्भव छैन भने कार्यगत एकता गरेरै भए पनि अघि बढ्नुपर्छ,” उनले भने, “आज नेपाली जनताले वैकल्पिक शक्ति एक होस् भन्ने चाहेका छन्। त्यसलाई बुझेर जिम्मेवार ढंगले अघि बढ्नुपर्छ।”

घिसिङले एकता वा सहकार्यको प्रक्रियामा सम्मानजनक र आत्मसम्मानयुक्त उपस्थितिलाई अनिवार्य सर्तका रूपमा अघि सारे। “उज्यालो नेपाल पार्टी सधैं सम्मानजनक र आत्मसम्मान कायम राख्ने पक्षमा छ,” उनले भने, “आफ्नो सम्मान नमेटाइकन सबैसँग सहकार्य गर्न हामी तयार छौं। सहकार्य गरेरै अघि बढ्ने हाम्रो धारणा हो, र यसतर्फ विभिन्न पहलहरू भइरहेका छन्।”

शनिबार रास्वपा र मेयर बालेनबीच भएको छलफलको प्रारम्भिक चरणमा घिसिङ पनि सहभागी भएको बताइए पनि बैठक स्रोतका अनुसार उनी छलफल चलिरहेको स्थानबाट राति नै बाहिरिएका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स