राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने होइन, इतिहास लेख्ने यात्रामा रहेको बताएका छन्।
पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उनले राजनीतिक यात्रालाई व्यक्तिगत उपलब्धिभन्दा पनि देशको नेतृत्वसँग जोडिएको ठूलो जिम्मेवारीका रूपमा हेर्नुपर्ने बताए।
‘मैले राजनीतिलाई धेरै ठूलो सपनाको रूपमा अघि सारेको थिएँ। नेताको रूपमा को सरकारको कुन तहमा पुग्छ भन्ने ठूलो कुरा होइन,’ उनले भने, ‘मन्त्री, प्रधानमन्त्री जो बने पनि मुख्य कुरा देशलाई कस्तो नेतृत्व दिन्छौँ भन्ने हो।’
लामिछानेले आफू वा पार्टीका सदस्यहरू प्रधानमन्त्री वा मन्त्री बन्ने उद्देश्यले अघि नबढेको भन्दै त्यसबारे उठ्ने अनुमानहरू भ्रम मात्र भएको स्पष्ट पारे।
‘मलाई जीवनीमा ठूलो इच्छा छैन। जीवनी लेख्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौँ,’ उनले जोड दिए।
उनका अनुसार रास्वपाका सांसदहरू नयाँ भए पनि निरन्तर सिक्ने र सिकाउने प्रक्रिया नै राजनीतिक जीवनको अभिन्न हिस्सा हो।
विश्व राजनीतिले नयाँ मोड लिइरहेको अवस्थामा आफ्नो पार्टीको उदय भएको उल्लेख गर्दै उनले “विद्रोह समाजको निरन्तर प्रक्रिया हो” भने। उनले राजनीतिक अभ्यासलाई मर्यादित बनाउँदै सही दिशामा अघि बढाउने र संसदीय प्रणालीलाई सुदृढ बनाउने उद्देश्य रहेको पनि बताए।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया