प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले श्रम शक्ति पार्टी नेपालका सांसदहरूलाई संसदमा देखाइएको व्यवहारप्रति चेतावनी दिएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पार्टी अध्यक्ष हर्कराज राई सहितका सांसदहरूले प्लेकार्ड प्रदर्शन गर्दै बैठक अवरुद्ध पारेपछि सभामुखले यस्तो चेतावनी दिएका हुन्।
सभामुख अर्यालले संसदको मर्यादाविपरीत गतिविधि दोहोरिएको भन्दै प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३० अनुसार सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन निर्देशन दिएका छन्।
उनले संसदमा प्लेकार्ड प्रदर्शन गर्ने, अभद्र व्यवहार देखाउने तथा बैठक अवरोध गर्ने गतिविधि निरन्तर भइरहेको उल्लेख गर्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।
श्रम शक्ति पार्टीका सांसदहरूले पछिल्ला दिनहरूमा प्रधानमन्त्री बालेन्द्र शाह विरुद्ध नाराबाजी गर्दै प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन्। बैठकका क्रममा पार्टी अध्यक्ष राई बैठक कक्ष छाडेर बाहिरिएका पनि थिए।
















प्रतिकृया