सामाजिक सञ्जालमार्फत चर्चामा आएको कक्रोच जनता पार्टीले भारतको राजधानी नयाँ दिल्लीमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
पार्टीले आगामी शनिबार जन्तर मन्तरमा भेला भएर भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको हो। यसबारे जानकारी दिँदै पार्टीले सामाजिक सञ्जाल एक्समार्फत देशभरका युवालाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।
प्रदर्शनको तयारीस्वरूप पार्टीले बुधबार पहिलो पत्रकार सम्मेलन आयोजना गर्दै तीन जना प्रवक्ताको नाम सार्वजनिक गरेको छ।
पार्टीका संस्थापक अभिजित दिपके, सामाजिक अभियन्ता सोनाम वाङ्चुक तथा अन्य सदस्यहरू शनिबार दिल्लीमा भेला हुने र प्रदर्शनका लागि औपचारिक अनुमति माग्ने तयारीमा रहेका छन्।
कक्रोच जनता पार्टीले राष्ट्रिय पात्रता तथा प्रवेश परीक्षा (NEET-UG) सम्बन्धी प्रश्नपत्र चुहावट, परीक्षा रद्द भएको विवाद तथा केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (CBSE) को कक्षा १२ को नयाँ अनलाइन मूल्याङ्कन प्रणालीसँग सम्बन्धित समस्याको विरोधमा आन्दोलन गर्न लागेको जनाएको छ। पार्टीले शिक्षा क्षेत्रका यी विवादहरूको नैतिक तथा प्रशासनिक जिम्मेवारी शिक्षामन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने भन्दै उनको राजीनामा माग गरेको हो।
पार्टीका प्रवक्ताहरूले हालसम्म विभिन्न परीक्षामा देखिएका अनियमितताप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन्। उनीहरूले CBSE अध्यक्ष र सचिवको सरुवामात्रै गरेर समस्या समाधान नहुने भन्दै त्यसलाई ‘आँखा छोप्ने प्रयास’ को संज्ञा दिएका छन्।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया