ग्रीन भेन्चर्स लिमिटेडको ‘लक इन’ अवधि आज (चैत २० गते) समाप्त भएको छ । कम्पनीको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको लक इन आजदेखि समाप्त भएको हो ।
कम्पनीको लक इनमा रहेका २ करोड ५० लाख कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको ३१ लाख २३ हजार २ सय कित्ता, ९३ हजार ७५० कित्ता कर्मचारीको सेयर अब कारोबारका लागि योग्य भएको हो ।
कम्पनीले सर्वसाधारणलाई २०७८ चैत २० गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । अब लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य भएको छ । तर, कम्पनीका सञ्चालक समिति सदस्यहरू र उच्च व्यवस्थापनका कर्मचारीहरूका सेयरहरू भने अझै ‘लक-इन’ अवधिमा रहनेछन्।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया