नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार ग्रीन भेन्चर्सको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा ग्रीन भेन्चर्स लिमिटेडको १० प्रतिशतका दरले हुन आउने ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।