ग्रीन भेन्चर्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा १९१.३ प्रतिशतले बढेर ३८ करोड ९६ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
सञ्चालन आम्दानी १२.६ प्रतिशतले बढेर १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ, भने सञ्चालन मुनाफा २४.१९ प्रतिशतले बढेर ९४ करोड ५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको रिटेन अर्निङ ४१ करोड २४ लाख रुपैयाँ रहेको छ।
ग्रीन भेन्चर्स लिमिटेडको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्ममा कम्पनीको प्रति सेयर आम्दानी ११.३४ रुपैयाँमा पुगेको छ यस्तै, प्रति सेयर नेट वर्थ ११२ रुपैयाँ छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया