ग्रीन भेन्चर्सले किन्यो कालीगण्डकी गर्जको ५१ प्रतिशत सेयर

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ११ गते
ग्रीन भेन्चर्सले किन्यो कालीगण्डकी गर्जको ५१ प्रतिशत सेयर

ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनीको संस्थापक सेयर खरिद गरेको छ। भदौ १० गते (मंगलबार) सम्पन्न सम्झौताअनुसार ग्रीन भेन्चर्सले कालीगण्डकी गर्जको ५१ प्रतिशत संस्थापक सेयर हात पारेको हो।

कालीगण्डकी गर्ज हाईड्रोपावरले म्याग्दी र मुस्ताङ जिल्लास्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजना निर्माण गरिरहेको छ। यस आयोजनाले विद्युत उत्पादनको अनुमति प्राप्त गरिसकेको छ।

आयोजनाको कुल लागत करिब ३९ अर्ब ५० करोड रुपैयाँ रहने अनुमान गरिएको छ। उक्त लागतमा ऋण तथा स्वपूँजीको अनुपात ७५ः२५ रहनेछ। वित्तीय व्यवस्थापन लक्ष्मी सनराइज बैंकको नेतृत्वमा अन्य बैंकहरूले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स