१०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै ग्रीन भेन्चर्स, बोलायो साधारण सभा

१०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै ग्रीन भेन्चर्स, बोलायो साधारण सभा

ग्रीन भेन्चर्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। कम्पनीले उक्त प्रस्ताव पुस ३० गते आयोजना हुने साधारण सभामा पेश गर्ने जनाएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो। ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा. लि.को बहुमत सेयर खरिद गरिसकेको छ। कम्पनीले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा. लि.को ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्न सम्बन्धी सम्झौता गत भदौ १० गते गरेको थियो।

कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा. लि.ले म्याग्दी र मुस्ताङ जिल्लामा कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त (Peaking Run of the River–PROR) कालीगण्डकी गर्ज हाइड्रोपावर आयोजना विकास तथा निर्माण गरिरहेको छ। सोही आयोजनामा स्वपूँजी लगानी जुटाउन कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो। आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार पुस १५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्। कम्पनीले यस वर्ष लाभांश प्रस्ताव गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स