कहिलेसम्म दिन पाइन्छ दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा आवेदन ?



Advertisement
Ads

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ, जसमा आवेदन दिने अन्तिम म्याद वैशाख ८ गतेसम्म निर्धारण गरिएको छ। कम्पनीले चैत १९ गतेदेखि कुल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्काशन गरिरहेको हो ।

हकप्रद सेयरका लागि फागुन १५ गते बुक क्लोज गरेकाले फागुन १४ गतेसम्म कायम सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। यस हकप्रद सेयरको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ र बिक्री सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक–वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ रहेको छ, जुन हकप्रद सेयरपछि बढेर २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर