भोलिसम्म सर्वसाधारणले १०० रुपैयाँमै दोर्दी खोलाको सेयर किन्न पाउने, कहाँ दिने आवेदन?

भोलिसम्म सर्वसाधारणले १०० रुपैयाँमै दोर्दी खोलाको सेयर किन्न पाउने, कहाँ दिने आवेदन?

दोर्दी खोला जलविद्युत लिमिटेडले असार २४ गते देखि बिक्री गरेको ९३ हजार ६२९ कित्ता सेयर लिलामीमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।

यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सोमध्ये १९ लाख ४६ हजार ६७६ कित्ता मात्रै बाँडफाँड भएपछि बाँकी रहेका सेयरहरू जेठ ११ देखि २० गतेसम्म लिलामी प्रक्रियाबाट बिक्री गरिए पनि तीमध्ये ९३ हजार ६२९ कित्ता सेयर बाँकी रहेको थियो।

उक्त बाँकी सेयरहरू हाल पुनः लिलामीमार्फत बिक्री गरिएको हो। कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। आवेदन दिन चाहनेहरूले कम्तीमा १०० कित्तादेखि अधिकतममा सम्पूर्ण बाँकी कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

आवेदन फाराम सानिमा क्यापिटलको मुख्य कार्यालय नक्सालमा तथा सानिमा बैंकका विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, भरतपुर, हेटौंडा, पोखरा (न्यूरोड), बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर शाखा र गरिमा विकास बैंकको बाग्लुङ्ग शाखामा उपलब्ध हुनेछ।

517216910 1617730628898037 2248206188606136551 n https://bajarkochirfar.com/until-tomorrow-the-general-public-will-be-able-to-buy-shares-of-dordi-khola-for-just-rs-100-where-can-i-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स