पूर्वमन्त्री सुमना श्रेष्ठले मुलुकलाई निकास दिन वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य भएको बताएकी छन्।
बुधबार उज्यालो पार्टी नेपालको घोषणा सभामा सम्बोधन गर्दै उनले जेन–जी विद्रोहमार्फत अपदस्त भएका पुराना राजनीतिक दलका नेताहरूलाई फेरि कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिहरूबीच आपसी सहकार्य आवश्यक रहेको बताईन्।
सुमना श्रेष्ठले सबै वैकल्पिक शक्तिलाई साझा एजेण्डामा एकत्रित भएर सुशासन, विधिको शासन, विभेदरहित समाज र समान अवसर प्रदान गर्ने दिशामा अघि बढ्न आग्रह गरिन्।
उनले भनिन्, ‘धेरै जनाले सोध्छन् सुमना कहाँ छ? सुमना एकतामा छ। वैकल्पिक शक्तिहरुबीच एकता हुनैपर्छ। पुरानो राजनीतिक संस्कार जसलाई फाल्नको लागि हाम्रा भाइबहिनीहरूले स्कुल युनिफर्ममा गोली खाएर अपदस्त गरे उनीहरूलाई फेरि कुर्सिमा पुग्नबाट रोक्ने हामी सबैको दायित्व पनि हो। त्यसैले मैले सबैलाई अनुरोध गरेँ फराकिलो छाति राखौँ। एजेण्डामा एकरुपता ल्याऔँ। एजेण्डामा सहकार्य गरेर अब यो देशलाई निका दिउँ। अबको बाटो सुशासनको बाटो हो। अबको बाटो विधिको बाटो हो। र अबको बाटो भनेको विभेदरहीत समाज निर्माण तथा समान अवसरको प्रदान गर्ने समय हो।’
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया