एमालेको पहिलो प्राथमिकता देशनै छ: केपी ओली

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ७ गते
एमालेको पहिलो प्राथमिकता देशनै छ: केपी ओली

केपी शर्मा ओली, नेकपा एमालेका अध्यक्षले वर्तमान परिस्थितिमा आफ्नो पार्टीको पहिलो प्राथमिकता देशनै भएको बताएका छन्। उनका अनुसार भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, राष्ट्रिय स्वाभिमान, शान्ति र सुव्यवस्थाभन्दा माथि कुनै कुरा हुन सक्दैन।

सम्बोधनका क्रममा ओलीले पार्टी निर्माणमुखी सोचमा रहेको र उत्तेजनात्मक राजनीति नअपनाउने स्पष्ट पारे। उनले आफूहरू स्वाधीनता र सार्वभौमसत्ताका रक्षक भएको उल्लेख गर्दै आक्रमण वा चुनौतीका बेला मौन नबस्ने चेतावनीसमेत दिए।

उनले एमाले विचारहीन तथा दिशाहीन स्टन्ट राजनीतिबाट टाढा रहेको दाबी गर्दै भय र त्रासमा बाँचिरहेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउने लक्ष्य रहेको बताए। अन्त्यमा उनले पार्टीको स्पष्ट गन्तव्य “समृद्ध नेपाल, सुखी नेपाली” रहेको दोहोर्‍याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स