SHAREHUBSHAREHUB

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै, ‘समृद्ध नेपाल र सुशासन’ लाई मुख्य प्राथमिकता

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ७ गते
AdvertisementAds
एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै, ‘समृद्ध नेपाल र सुशासन’ लाई मुख्य प्राथमिकता
AdvertisementAds

नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरूले काठमाडौँमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।

घोषणापत्रमा ‘समृद्ध नेपाल’ निर्माण, सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकताका रूपमा अघि सारिएको एमालेले जनाएको छ।

पार्टीका नेताहरूका अनुसार मुलुकमा स्थिरता, विकास र सुशासन सुनिश्चित गर्न नयाँ सत्ता समीकरण आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्य घोषणापत्रमा समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स