SHAREHUBSHAREHUB

बजेटबारे एमालेको टिप्पणीः गरिबीलाई छोएन, माथिल्लो वर्गलाई झन माथि लैजान खोजियो

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २८ गते
AdvertisementAds
बजेटबारे एमालेको टिप्पणीः गरिबीलाई छोएन, माथिल्लो वर्गलाई झन माथि लैजान खोजियो
AdvertisementAds

प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारको आगामी आर्थिक वर्षको बजेटले गरिबलाई छुन नसकेको टिप्पणी गरेको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले उक्त टिप्पणी गरेकी हुन्। उनले बजेटमा निमुखा वर्गलाई माथि उकास्ने, उनीहरुको चुल्होमा सधै आगो बल्ने, अनुहारमा मुस्कान ल्याउने ठोस कार्यक्रमको अभाव खडकिएको पनि बताइन । उपनेता अर्यालले सरकारको बजेटले गरिवलाई झनै गरिव बनाउने र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाइन ।

उनले भनिन्,‘बजेटले गरिवीलाई छोएन । सिंगो बजेट वक्तव्यमा गरिवी भन्ने शब्दको उचित सम्बोधन छैन । सरकार भन्छ– मध्यम वर्गको विकास गर्ने । यसमा केही भन्नु छैन । तर यसको लक्ष्य कसरी हासिल गर्न सकिन्छ ? मेरो प्रश्न छ–२० प्रतिशत निरपेक्ष गरिवीको रेखामुनि रहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाईकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ ? जगलाई कमजोर राखेर तला थप्ने कुरा कत्तिको वैज्ञानिक हो ? यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झनमाथि लैजाने नीति लिएको देखिन्छ । त्यसैले यो हुनेखाने र हुँदा खानेबीचको वर्गीय खाडल झन फराकिलो बनाउने बजेट हो । मध्यम वर्गको आकार त्यत्तिकै फराकिलो हुँदैन । यसका लागि तल्लो स्तरको आय बढ्नुप¥यो । उनीहरुको हातमा सीप हुनु पर्दछ । बजारमा उनीहरुको उचित मूल्य हुनुपर्दछ । निमुखा वर्गलाई माथि उकास्ने, उनीहरुको चुल्होमा सधै आगो बल्ने, अनुहारमा मुस्कान ल्याउने ठोस कार्यक्रमको अभाव बजेटमा खडकिएको छ ।’

उपनेता अर्यालले सरकारले लिएको मध्यम वर्गलाई उकास्न पनि बजेटले गरिव वर्गको उत्थानमा केन्द्रित हुनुपर्ने तथ्य पनि स्मरण गराइन।

–न्युज एजेन्सी नेपाल

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स