कुनै पनि दलसँग गठबन्धन नगरी १६५ वटै निर्वाचन क्षेत्रबाट एमालेले उम्मेदवारी दिन्छ: शङ्कर पोखरेल

कुनै पनि दलसँग गठबन्धन नगरी १६५ वटै निर्वाचन क्षेत्रबाट एमालेले उम्मेदवारी दिन्छ: शङ्कर पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेका छन्। दाङ प्रेस चौतारीले घोराहीमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले १६५ वटै निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवारी दिने बताए।

तर हाल निर्वाचनको अनुकूल वातावरण अझै निर्माण भइनसकेको उल्लेख गर्दै उनले त्यसतर्फ सरकार गम्भीर भएर लाग्नुपर्ने धारणा राखे। पोखरेलले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार भएका कैदीबारे छानबिन गर्नुपर्ने, साथै राजनीतिक दलहरू जनताबीच निर्बाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

उनले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य हुने बताए। दलहरू बलिया भए मात्र लोकतन्त्र मजबुत हुने उनको भनाइ थियो। लोकतन्त्र, शान्ति सुरक्षा र कानुनी राज्यको संरक्षणका लागि एमाले गम्भीर रहेको उनले स्पष्ट पारे।

गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएको उल्लेख गर्दै पोखरेलले प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य नभएको बताए। उनले विखण्डनले राष्ट्र कमजोर बनाउने र एकताबाटै समृद्धितर्फ अघि बढ्न सकिने धारणा व्यक्त गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स