नेकपा एमालेको सचिवालय बैठक मंगलबार बिहान ९ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेलको विषयमा छलफल भइरहेको जानकारी दिए।
सोमबार कांग्रेस–एमालेबीच राष्ट्रिय सभामा तालमेल गरेर उम्मेदवारी दिने विषयमा मोटामोटी सहमति जुटेको छ। राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटमध्ये १८ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ भने उम्मेदवारी दर्ता बुधबार हुने कार्यतालिका रहेको छ। यही कारण दलहरू सोमबार अबेर रातिसम्म छलफलमा जुटेका थिए।
आज बस्ने एमाले सचिवालय बैठकले हिजो भएको छलफललाई अन्तिम रूप दिने नेताहरूको भनाइ छ। एमालेको सचिवालय १९ सदस्यीय रहेको छ।














![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया