SHAREHUB SHAREHUB

सरकारले लगाएको फेसबुक प्रतिबन्धको आदेश टेरेनन् एमाले नेता महेश बस्नेतले

Advertisement Ads
सरकारले लगाएको फेसबुक प्रतिबन्धको आदेश टेरेनन् एमाले नेता महेश बस्नेतले
Advertisement Ads

सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको भोलिपल्टै एमाले नेता महेश बस्नेतले फेसबुकमार्फत भिडियो सार्वजनिक गरेका छन्।

सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार तोकिएको समयसीमा भित्र दर्ता हुन नसकेका सामाजिक सञ्जालमाथि रोक लगाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिँदै फेसबुकलगायतमा प्रतिवन्ध लगाएको थियो। तर शुक्रबार बस्नेतले आफ्नै आधिकारिक फेसबुकमार्फत भिडियो पोस्ट गरेका हुन्।

सरकारको निर्णयअनुसार फेसबुकलगायतका विश्वव्यापी सामाजिक सञ्जाल बन्द गर्ने भनिए पनि एमाले नेताको सार्वजनिक गतिविधि सोही प्लेटफर्ममार्फत निरन्तर भइरहेको देखिन्छ।

सूचना मन्त्रालयका अनुसार हालसम्म नेपालमा आधा दर्जनजति सामाजिक सञ्जालमात्र दर्ता प्रक्रियामा आएका छन्। बाँकी २६ सामाजिक सञ्जाल भने कानूनी प्रक्रिया पूरा नगरेको भन्दै प्रतिबन्धको सूचीमा परेका छन्।

download 2 https://bajarkochirfar.com/uml-leader-mahesh-basnet-refuses-to-comply-with-governments-facebook-ban-order | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स