SHAREHUB SHAREHUB

एमालेका नेता भ्रष्टाचार मुद्दामा दोषी ठहर, जरिवानासहित साढे १ वर्ष कैद सजाय

Advertisement Ads
एमालेका नेता भ्रष्टाचार मुद्दामा दोषी ठहर, जरिवानासहित साढे १ वर्ष कैद सजाय
Advertisement Ads

नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालत काठमाडौँले बुधबार बुढासहित चार जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा फैसला सुनाउँदै दुई जनालाई दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा गत असार १९ गते नन्दसिंह बुढासहित तत्कालीन डोल्पा जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगीता बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दामा ७ लाख ६० हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले संक्षिप्त फैसला सुनाउँदै नन्दसिंह बुढा र संगीता बुढालाई दोषी ठहर गरेको हो। उनीहरूलाई जनही १ लाख ९० हजार रुपैयाँ जरिवाना र साढे १ वर्ष कैद सजाय सुनाइएको छ।

पछिल्लो समय नन्दसिंह बुढा डोल्पाबाट नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि बनेका थिए।

1 hzp3zgYZKb https://bajarkochirfar.com/uml-leader-found-guilty-in-corruption-case-sentenced-to-1-5-years-in-prison-with-fine | %tags 2 BLjsB5mCoB https://bajarkochirfar.com/uml-leader-found-guilty-in-corruption-case-sentenced-to-1-5-years-in-prison-with-fine | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स