instainsta

एमालेले बोलायो सचिवालय बैठक, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३२ गते
एमालेले बोलायो सचिवालय बैठक, केके छन् प्रस्तावहरु ?
File Photo
AdvertisementAds

नेकपा (एमाले) ले साउन २ र ५ गते हुने पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकको तयारीका लागि बिहीबार दिउँसो १ बजे सचिवालय बैठक आह्वान गरेको छ। प्रचार विभाग प्रमुखका अनुसार आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको तयारी स्वरूप यी बैठकहरू बस्न लागेका हुन्।

राजनीतिक प्रतिवेदन अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्नेछन्। विधान संशोधनमा ७० वर्षे उमेरहद र कार्यकाल सीमाको प्रावधान यथावत् राख्ने तयारी भइरहेको छ।

यसअघि महाधिवेशनले पारित गरे पनि कार्यकाल सीमाको प्रावधान दसौं महाधिवेशनपछि हटाइएको र त्यसमा प्रक्रिया सम्बन्धी विवाद पनि उठिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स