एमालेका महासचिव पोखरेल भन्छन्, “रविलाई कारबाही गरिए राजा फिर्ता ल्याउने कुप्रचार गरियो”

एमालेका महासचिव पोखरेल भन्छन्, “रविलाई कारबाही गरिए राजा फिर्ता ल्याउने कुप्रचार गरियो”

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई कानुनी कारबाही गरिए नारायणहिटी दरबारमा राजा फिर्ता ल्याउनेसम्मका हल्ला फैलाइएको आरोप लगाएका छन्।

सोमबार घोराहीमा एमाले प्रचार तथा प्रकाशन विभाग दाङद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले लामिछानेलाई पक्राउपछि विद्रोह हुने र राजालाई दरबारमा राख्ने योजनाको अफवाह फैलाइएको बताएका हुन्।

उनले भने, “सहकारी प्रकरणमा रवि लामिछानेलाई पक्राउ गरेपछि विद्रोह हुन्छ, नारायणहिटी दरबारमा राजा फर्किन्छ भन्ने हल्ला चलाइयो। सुरुमा केही मान्छे सडकमा देखिए पनि अहिले त्यो हल्ला सेलाउँदै गएको छ।”

पोखरेलले रवि लामिछानेलाई लिएर सुरुमा फैलाइएको भ्रम र कुप्रचार बिस्तारै चिर्दै तथ्यहरू बाहिर आउन थालेको जिकिर गरे। उनले नयाँ भन्ने वित्तिकै विकल्प हुन्छ भन्ने धारणा पनि गलत सावित हुँदै गएको बताए।

साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने भन्ने अफवाहले अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको तर यसको कुनै आधार नभएको स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स