एमाले महाधिवेशन सम्पन्न, कसले कति पाए मत ?
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ महाधिवेशनले पार्टी पदाधिकारी निर्वाचित गरेको छ । केपी शर्मा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरे ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका छन् ।
त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२ मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मततका साथ विजयी भएका छन् ।
त्यसैगरी, सचिव महेश बस्नेतले १५४४ मत, पद्माकुमारी अर्यालले १५३० मत, छविलाल विश्वकर्माले १५०६ मत, शेरधन राईले १५०३ मत , हिक्मतकुमार कार्कीले १३३७ मत , खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी भएका छन् ।










You must be logged in to post a comment.