SHAREHUBSHAREHUB

एमालेले राष्ट्रिय सभाका लागि टुंग्यायो उम्मेदवार, को कहाँ ?

AdvertisementAds
एमालेले राष्ट्रिय सभाका लागि टुंग्यायो उम्मेदवार, को कहाँ ?
AdvertisementAds

नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अधिकांश प्रदेशमा आफ्ना उम्मेदवार टुंग्याएको छ। एमालेले कोसी प्रदेशमा रोशनी मेचे, बाग्मती प्रदेशमा प्रेम दंगाल, गण्डकी प्रदेशमा सम्झना देवकोटा, लुम्बिनी प्रदेशमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिम प्रदेशमा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। तर मधेस प्रदेशमा भने उम्मेदवार टुंगो लाग्न बाँकी रहेको सचिव महेश बस्नेतले जानकारी दिए। रोशनी मेचे अध्यक्ष केपी शर्मा ओलीकी स्वकीय सचिव हुन् भने रामकुमारी झाँक्री एकीकृत समाजवादीबाट एमालेमा फर्किएकी नेत्री हुन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ। यस निर्वाचनमा १८ रिक्त सिटका लागि मतदान हुने छ, जहाँ एक सिटमा सरकारले मनोनयन गर्नेछ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र मधेश केन्द्रित जनता समाजवादी पार्टी (जसपा)बीच गठबन्धन तयारी भएको छ। गठबन्धन अनुसार कांग्रेस र एमालेले प्रत्येकले सात–सात सिट पाउनेछन् भने नेपाली कम्युनिस्ट पार्टीले ३ सिट र जसपा नेपाल र लोसपाले १–१ सिट पाउने समझदारी भएको छ। गठबन्धनको अन्तिम टुंगो आजै लाग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स