नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आज आइतबार बिहान ११ बजेदेखि च्यासलमा सुरु हुँदैछ। बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहित आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यस प्रतिवेदनमा आगामी कार्ययोजना, संगठन सुदृढीकरण, सरकार गठन, संविधान संशोधन, आर्थिक सुधार, र सहकारीका विषय समावेश छन्।
यसपटक प्रत्येक केन्द्रीय सदस्यलाई व्यक्तिगत धारणा राख्न करिब तीन मिनेट समय छुट्याइएको छ। अध्यक्ष ओलीले बैठकमा राष्ट्रिय राजनीतिक परिदृश्यमा आफ्नो मन्तव्य प्रस्तुत गर्दै पार्टीका आगामी रणनीतिबारे छलफल अघि बढाउनेछन्।
बैठक दुई दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसअघि पुस १८ गते सम्पन्न सचिवालय बैठकले अध्यक्ष ओलीको प्रतिवेदन पारित गरेको थियो। यो बैठक ओली नेतृत्वमा सरकार गठनपछि आयोजित पहिलो केन्द्रीय समिति बैठक हो, जसले संविधान संशोधनलगायतका महत्त्वपूर्ण मुद्दामा पार्टीको स्पष्ट धारणा तय गर्ने अपेक्षा गरिएको छ।
















प्रतिकृया