रास्वपा सांसद गणेश पराजुलीले प्रतिनिधिसभा बैठकमा प्रयोग गरेका केही अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइएको छ।
बिहीबारको बैठकमा सभामुख डोल प्रसाद अर्यालले गत वैशाख २९ गतेको बैठकमा पराजुलीले प्रयोग गरेका दुई वटा शब्द रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएको जानकारी दिए।
‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइएको हो।
“वैशाख २९ गतेको बैठकमा माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो गरी’ भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गरेको छु,” सभामुख अर्यालले भने।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया