ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित दोस्रो वार्षिक साधारणसभा आउँदो जेठ १ गते बिहान ९:१५ बजे रुपन्देहीको महाराजा रिसोर्टमा बोलाएको छ।
सभामा आईपीओ निष्काशन पश्चात कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ।
त्यससँगै, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, र सञ्चालक समितिको बैठकबाट नियुक्त सञ्चालकहरूको अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।
कम्पनीले सभा प्रयोजनका लागि वैशाख २५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले वैशाख २४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।
















प्रतिकृया