अन्तरिम सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबारदेखि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेन–जी प्रतिनिधिहरूसँग वार्ता गरिरहेका छन्। बिहीबार मध्यरातदेखि सुरु भएको छलफल शुक्रबार बिहान ३ बजेसम्म चले पनि निष्कर्ष ननिस्केको कारण बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजे सारिएको छ।
अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा सहमति भए पनि प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने संविधानिक प्रावधानले वार्ता सहमतिमा पुग्न नसकेको स्रोतहरूले बताएका छन्।
जेन–जी युवाहरूले संसद् विघटनलाई मुद्दा बनाएका छन्। राष्ट्रपति पौडेलले धारा ६१(४) अन्तर्गत ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने/नसक्ने विषयमा संविधानविद् संग छलफल गरेका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया