वर्तमान संक्रमणकालीन अवस्थामा अन्तरिम सरकार गठनबारे छलफल शुक्रबार बिहान पनि जारी रहने भएको छ।
बिहीबार रातिसम्म शीतल निवासमा बसेको बैठकले निष्कर्ष निकाल्न नसकेपछि वार्ता आज बिहान ९ बजे पुनः बस्ने तय भएको हो। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याललगायत सहभागी थिए। छलफल शुक्रबार बिहान ३ बजेसम्म चले पनि निष्कर्षमा पुग्न सकेन।
बैठकको मुख्य एजेन्डा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व कसरी दिने भन्ने थियो। राष्ट्रपति र मुख्य राजनीतिक दलहरूले कार्कीको नेतृत्वमा सरकार बनाउने सहमति गरेका भए पनि अन्तिम टुंगो लाग्न सकेको छैन।
संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधान प्रमुख अवरोध बनेको छ। यसै कारण राष्ट्रपति पौडेलले संविधानको धारा ६१(४) अन्तर्गत रहेको बाधा अड्काउ फुकाऊ प्रावधान प्रयोग गर्न सकिने वा नसकिने भन्नेबारे संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग परामर्श गरेका थिए।
यसबीच, जेन–जी युवाहरूले संसद् विघटनलाई अनिवार्य मागको रूपमा अघि सारेका छन्। तर विद्यमान संवैधानिक व्यवस्थाले प्रधानमन्त्री नियुक्तिका लागि संसद् सदस्यता अनिवार्य गरेकाले वैकल्पिक उपायबारे अझै सहमति बन्न सकेको छैन।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया