प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा त्रिपक्षीय छलफल प्रधानमन्त्री निवास बालुवाटारमा केही समयदेखि जारी छ। निर्वाचनको माहोल बनाउन र राजनीतिक समझदारी जुटाउन प्रधानमन्त्रीले पहिलोपटक राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल सुरु गरेकी हुन्।
छलफलको कार्यसूचीमा आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण र त्यससँग सम्बन्धित विषयहरू रहेका छन्।
बैठकमा प्रधानमन्त्रीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिल सिन्हा, शिक्षामन्त्री महावीर पुन, र सञ्चारमन्त्री जगदीश खरेल सहभागी छन्। राजनीतिक दलबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत सहभागी रहेका छन्।
यस्तै, जेनजी प्रतिनिधिहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी छन्।



















प्रतिकृया